citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी क्यापिटलले ‘कुमारी सबल योजना’ को बिक्री खुला

क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आज माघ २८ गते आइतबारदेखि कुमारी क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।

क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ % विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो ।

यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

himalayan life insurance
igi long