stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समस्यामा परेकालाई सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । लैनचौर नारायण मन्दिर व्यवस्थापन समाज र लैनचौर तेक्वान्दो डोजाङको संयोजनमा कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका काठमाडौं महानगरपालिका वडा २६, लैनचौरका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।
डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई रु. १ हजार ५ सयका दरले नगद प्रदान गरियो । लैनचौरमै रहेको बहिरा संघलाई पनि सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको रजकले जानकारी दिए । सहयोगका लागि अमेरिकामा रहेका रजकका आफन्तले आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।

prabhu mahalaxmi
kumari