citizens life insurance long ad
stcnepal long ad

विश्वविद्यालयहरुमा भर्नाको आरक्षण खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना सम्बन्धि आरक्षण खारेज गर्न आदेश दिएको छ ।

अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण अन्त्य गर्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्च अदालतका ९ जना न्यायाधीश मध्ये ६ जनाको निर्णयको आधारमा गरिएको फैसलामा वर्णलाई आधार मानेर भर्ना गर्नु समानताको हकविरुद्ध हुने ठहर गरिएको छ ।

हार्वर्ड विश्वविद्यालय र नर्थ क्यारोलाइना विश्वविद्यालयको भर्ना प्रक्रियाबारे स्टुडेन्टस् फर फेयर एडमिसन्स समूहले हालेको मुद्दामा सर्वोच्चले फैसला गरेको हो ।

फैसलाप्रति ३ जना न्यायाधीशले भने फरक मत राखेका छन् । अमेरिकी विश्वविद्यालयहरुमा अश्वेत र हिस्पानिक विद्यार्थीहरुको पहुँच बढाउन लागू गरिएको नीतिको खारेजीले अमेरिकी समाजलाई तरङ्गित बनाएको छ ।

यसबाट विश्वविद्यालयहरुको भर्नामा ठूलो फरक पर्ने ठानिएको छ । वर्णका आधारमा उपलब्ध हुने कोटा खारेज हुने भएपछि डेमोक्र्याट्सहरु क्रुद्ध भएका छन् भने रिपब्लिकनहरुले फैसलाको स्वागत गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला सामान्य नभएको भन्दै फैसलाप्रति असहमति जनाउनु भएको छ ।

अमेरिकी समाजमा अहिले पनि विभेद रहेको भन्दै उहाँले विश्वविद्यालयहरुमा विविधता कायम राख्न शिक्षा मन्त्रालयलाई निर्देशन दिने बताउनु भएको छ । सर्वोच्चको फैसलाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचन पनि प्रभावित हुने आँकलन गरिएको छ ।

IME Life
kumari