stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेठ २४ गते सहयोगी विकास बैंकको साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा ०७७ साल जेष्ठ २४ गते शनिवारका दिन दिनको २ बजे बैंकको केन्द्रीय कार्यालय आयोजना गर्ने भएको छ । बैंकको  सञ्चालक समितिले जेष्ठ १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अनुसार २०७६ साल चैत्र १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो ।

अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्फत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्फत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको व्यहोरा प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले जानकारी दिए ।

आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्पmत सभामा सहभागिता जनाई दिनु हुन बैंकले आह्वान समेत गरेको छ ।

प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृतले जानकारी गराएका छन  ।

prabhu mahalaxmi
kumari