१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

उहाँले १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँदै सगरमाथा र नेपालका अन्य हिमालहरू मुलुककाे प्रतिष्ठा रहेकाे बताउनु भएकाे छ । उहाँले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत समेत रहेको उल्लेख गर्दे नेपाल आगामी दिनमा पनि विश्वको एक आकर्षक गन्तब्यका रुपमा सदाझैँ अटल रहने बताउनुभयाे ।
विश्वको सर्वाेच्च शिखर सगरमाथामा सन् १९५३ मे २९ का दिन पहिलो मानव पाइला परेको थियो । सर एडमण्ड हिलारी र तेन्जिङ नाेर्गे शेर्पाले पहिलाे पटक साेही दिन सगरमाथाकाे चुचुराेमा टेकाे सम्झनामा प्रत्येक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने गरिन्छ ।
सगरमाथा आराेहणको मुख्य सिजन मानिने अप्रिल र मे महिनामा हरेक वर्ष नेपालमा सयौं पर्वतारोही आउने गरेका थिए । उनीहरुबाट सरकारले करोडौं रुपैयाँ सलामी बापत प्राप्त गर्दै आएको थियो । तर यस वर्ष भने कोरोना भाइरसको विश्वव्यापी महामारीले यी सारा गतिविधि ठप्प छन् ।