stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रोटरी क्लबले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । रोटरी क्लब, पशुपतिले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उक्त रोटरी क्लवले केएन ९५ मास्क १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई हस्तान्तरण गरेकाे हाे ।

महाशाखामा शुक्रबार एक कार्यक्रमबीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।

महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितिमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका छन् ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लव तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

 

prabhu mahalaxmi
kumari bank
kumari