stcnepal long ad
global ime bank long

अगाडि बढ्दै साइबर सुरक्षा बिमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । लामो समयदेखि बहसमा आएर पनि कार्यान्वयनमा जान नसकेको साइबर सुरक्षा बिमा अब अगाडि बढ्ने भएको छ ।

सरकारले साइबर जोखिम वहन गर्नका लागि बिमाको व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम वहन गर्न साइबर सुरक्षा बिमाको व्यवस्था गरिने उल्लेख छ ।

साइबर सेक्युरिटी बिमाले नेटवर्क सेक्युरिटीको उल्लङ्घन, डाटा सुरक्षण सम्बन्धी कानुनहरूको उल्लङ्घन, कर्मचारीबाट हुने इमेल दुरुपयोगको सुरक्षा वा वेबसाइटमा आउन सक्ने अनावश्यक तथा अपमानजनक सामग्री आदिको सुरक्षण प्रदान गर्न यस्तो बिमा गर्ने गरिन्छ ।

अमेरिकी तथा युरोपेली मुलुकमा यो बिमाको सुरुवात तथा प्रचलन भएको छ भने नेपालमा हालसम्म बिमकबाट यस्तो बिमाको अन्डर राइटिङ भएको देखिँदैन ।

सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको जोखिम पनि बढ्दो क्रममा छ । नेपालमा पनि पछिल्लो समय साइबर आक्रमणका घटना भइरहेका छन् ।

यस्तोमा साइबर आक्रमणबाट हुने क्षति न्यूनीकरण गर्न नेपाल सरकार पनि अग्रसर हुन खोजिरहेको देखिएको छ । विश्व बजारमा नयाँ उद्योगका रूपमा उदाइरहेको साइबर सुरक्षा बिमा नेपालमा पनि कार्यान्वयनमा ल्याउनेतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा तयार

गरेको हो । साइबर सुरक्षा बिमाले अनलाइनमार्फत हुने कारोबारको जोखिमलाई सुरक्षण गर्न सकिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

IME Lifesidebar
kumari