stcnepal long ad
global ime bank long

सिभिललाई गाभेपछि हिमालयन बैंकको वित्तीय अवस्था कस्तो छ ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २४.९६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९३.१३ प्रतिशत र २६.४३ प्रतिशतले बढेको छ । यता, सिभिल बैंकलाई एक्वायर गरेपछि हिमालयन बैंकको चुक्ता पुँजी र रिजर्भ कोषमा उल्लेख्य वृद्धि भएको छ ।

चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने रिजर्भ कोष १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।

यसको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर हाल ४.५६ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी ७३ पैसाले बढेर १५.०४ रुपैयाँ पुगेको छ ।

IME Lifesidebar
kumari