citizens life insurance long ad
stcnepal long ad

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा लाखौं नागरिक सडकमा

Nimb long ad
Prabhu Insurance Long Ad

सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध भइरहेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला  दिनका आन्दोलनमा १ लाख ५० हजार  भन्दा बढी नागरिक सहभागी रहेको बताएका छन् ।

प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नुभएको थियो । उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको शहर तेल अभिभमा प्रदर्शनमा उत्रिएका छन् ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।

IME Life
kumari