citizens life insurance long ad
stcnepal long ad

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गर्नुभएको हो । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि  आफ्नो देशमा  आणविक  हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ ।

राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्र बेलारुसमा आणविक हतियार भण्डारण स्थलको निर्माण पूरा भइसक्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय आण्विक अप्रसार सन्धिको बर्खिलाप नहुने गरी हतियार राखिने दावी गर्नुभएको छ ।

अमेरिकाले पनि आफ्नो गठबन्धनका देशहरुमा आणविक हतियार भण्डारण गरेको तर्क पनि उहाँले गर्नुभएको छ ।

तर बेलारुसमा राखिने आणविक हतियारको नियन्त्रण भने रुसकै हातमा हुने पनि राष्ट्रपति पुटिनले बताउनुभएको छ । रुसले यस अघि नै १० वटा आणविक हतियार बोक्ने विमान बेलारुसमा तैनाथ गरिसकेको छ ।

IME Life
kumari