stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बङ्गबन्धु एसियन यू–२३ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न लागेका हुन् ।

बङ्लादेशले लिग चरणको तीन वटै खेल जितेको थियो भने नेपाल तीन खेलमै पराजित भयो । तर,  प्रतियोगितामा चार वटा  टोली सहभागी  भएकाले चारै टोलीले  सेमिफाइनलमा खेल्न लागेका हुन् । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्का सहभागी छन् ।

आज हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल र बङ्लादेश नेपाली समय अनुसार पौने ३ बजे र दोस्रो सेमिफाइनलमा श्रीलङ्का र किर्गिस्तान सवा ५ बजे खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।

prabhu mahalaxmi
kumari