citizens life insurance long ad
stcnepal long ad

असोज २८ गते सीबीआइएल क्यापिटलको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असोज २८ गते सीबीआइएल क्यापिटलले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको  भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ ।

यसर्थ, असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

IME Life
kumari