दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थ सबैभन्दा महँगो
काठमाडौं । दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियमा पदार्थको मूल्य सबैभन्दा धेरै र महँगो रहेको छ । नेपालमा डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ ।
८ मुलुकमध्ये सबैभन्दा धेरै हो । त्यसपछि, अफगानिस्तानमा प्रतिलिटर १६८ रुपैयाँ ९७ पैसा पर्न जान्छ । बाँकी ६ देशहरुमा डिजेलको मूल्य १५० रुपैयाँ भन्दा कम छ ।
त्यस्तै, पेट्रोलको मूल्य श्रीलंकमा प्रतिलिटर १८६ रुपैयाँ ५१ पैसा रहेको छ । जुन दक्षिण एसियाका देशहरुमध्ये सबैभन्दा धेरै हो ।
त्यसपछि, नेपालमा १८१ रुपैयाँ, भारत र बंगलादेशमा क्रमशः १६६ रुपैयाँ ४३ पैसा र १६० रुपैयाँ ४ पैसा रेहको छ । भारतमा भने विभिन्न राज्य अनुसार मूल्यदर फरक रहेको छ ।
पेट्रोल र डिजेलको मूल्य सबैभन्दा कम पाकिस्तानमा पर्छ । त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ ८१ पैसा र डिजेल १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।
पछिल्लो समय विश्व बजारमा पेट्रोलियमा पदार्थको भाउ घट्दो क्रममा रहेपनि नेपालमा भने यसको मूल्य घटेको छैन ।

स्रोतः ग्लोबल पेट्रोल प्राइसेस (२०७९ असोज ३ गतेको भाउका आधारमा)


























