citizens life insurance long ad
stcnepal long ad

मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति ‘चोरीको सुन कारोबारी’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ।

पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै मुम्बई जान लागेकी अर्की एक महिला मीना लामिछानेलाई समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ। उनले चोरीको सुन कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

सुन व्यवसायी मुम्बई जाने क्रममा विमानस्थलबाट पक्राउ परेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन्।

उनका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो। पक्राउ गर्ने क्रममा करिब एक घण्टा उडान ढिलो भएको उनले बताए।

जहाज उड्न लागेको बेलामा प्रहरीले गोप्य सूचनाको आधारमा लामिछानेलाई पकाउ गरेको हो। प्रहरीले उड्नै लागेको जहाजबाट सबै यात्रु उतारेर उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्तोषलाई कैलाली प्रहरीको गोप्य सूचनाको आधारमा प्रकाउ गरिएको भए पनि मीना लामिछानेलाई भने उनीसँगै जान लागेको भएकाले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताएको छ।

IME Life
kumari