citizens life insurance long ad
stcnepal long ad

पहिलो दिनमै यसरी आवेदकको ओइरो लाग्यो अभियान लघुवित्तको आइपीओमा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा ५१ करोड २८ लाख ४१ ह्जार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बुधबार साँझसम्ममा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागभन्दा ५.६१ गुण बढी आवेदन हो । कम्पनीले आज साउन १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको ।

यो मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

IME Life
kumari