stcnepal long ad
global ime bank long

अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कन तालिबानको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी। तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ। तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए।

तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीट मार्फत यस्तो जानकारी दिएको हो।

वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए। भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए।

यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ। तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।

IME Lifesidebar
kumari