stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना विरुद्धको दोस्रो मात्रा खोप भोलिदेखि बालबालिकालाई दिइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ ।

पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।

दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउने छन् ।

prabhu mahalaxmi
kumari