stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ ।

मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याईएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या बृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ ।

अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रीनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ ।

सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याईएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधुमेह परीक्षण) गर्न सक्नेछन् ।

यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाईएको छ ।

दुबै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

समाजका अध्यक्ष एमप्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुशीको कुरा भएको बताउनु भयो ।

समाजले एमप्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ । यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग (कम्युनिटी हेल्थ सर्भिस) ले सहजीकरण गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले मधुमेह सम्बन्धी सेवाका लागि ९८०२०१०००३ नम्बरको हटलाईन टेलिफोन समेत व्यवस्था गरेको छ ।

उच्च आय भएका देशहरुको तुलनामा हाम्रो जस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा मधुमेहको प्रकोप तिब्ररुपमा बढिरहेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार सन् १९८० मा ४ दशमलव ७ प्रतिशत वयस्कहरु (१८ वर्ष र माथिका) लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ ।

यो अवधिमा मधुमेह भएका व्यक्तिको सख्या झण्डै चार गुणा बढेको छ । सन १९८० मा १० करोड ८० लाख मधुमेह भएका व्यक्ति थिए भने सन् २०१४ मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

अन्य नसर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गएता पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन, बरु सन् २००० र २०१६ को वीचमा ५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्नेजाँच गराएका थिएनन् । मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिव २ प्रतिशत मात्र थिए ।

तर नेपालमा लगभग ९ प्रतिशत वयस्कहरुमा टाइप २ प्रकारको मधुमेह होला भन्ने अनुमान गरिएको छ । सुगरको मात्रा नियन्त्रणमा नरहे मृगौला, नसा तथा आँखाको समस्या निम्तिने चिकित्सकहरुको भनाई छ ।

लामो समयसम्म रोग निको नहुने हुनाले सबै समयमै सचेत भइ समय समयमा सुगर (मधुमेह) परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

prabhu mahalaxmi
kumari