stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकले भित्ते तथा टेबल पात्रो सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरेका हुन् ।

भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।

सम्पूर्ण ग्राहहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैंकले यो पात्रो सार्वजनिक गरेको हो ।

डिजिटल पात्रो ग्राहकहरूले यस लिंक (https://www.nicasiabank.com/online-services-footer/nicasia-calendar) मार्फत सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

prabhu mahalaxmi
kumari