citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

साल्ट ट्रेडिङ्ग कर्पोरेसनले लकडाउनमा घरदैलो सेवा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । देशमा संकटको अवस्थामा निरन्तर जनता माझ सर्वसुलभ तवरले सहुलियत दरमा गुणस्तरीय खाद्यान्न आपूर्ति गर्दैआम उपभोक्ताको सेवामा सदैव तत्पर रहदै आएको साल्ट ट्रेडिंग कर्पोरेसनले लकडाउनको समयमा समेत उपभोक्तालाई सहजका साथ खाद्यान्न आपूर्ति गर्दै आएको छ । त्यसका लागि कर्पोरेशनका कर्मचारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नियमहरु पालना गरि आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन ।

तीन सातादेखि देशमा लागु भएको लगडाउनबाट आमजनताको दैनिकी प्रभावित बनेको छ । आम उपभोक्ता घर भित्रै बस्नुपर्ने वाध्यता र अर्को तर्फ अत्यावश्यकीय सामाग्रीको जोहो गर्नुपर्ने चिन्ता माझ दैनिकी गुजार्दै छन् । यस्तो अवस्थामा ‘सर्वसाधारणको गर्जो टार्दै,भोकको त्रास मेटाउन’ घर घरमै दैनिक उपभोग्य वस्तुको सेवा पुर्‍याएर साल्ट ट्रेडिङ कर्पोरेशनले जनताको मन जित्दै आएको छ ।

घरघरमै कम मुल्यमा गुणस्तरिय वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले विगत देखि नै पर्याप्त मौज्दात राख्ने नीति लिदै आएको थियो । जसको फलस्वरुप राष्ट्रलाई संकट परेको बेलामा कर्पोरेशनबाट सरकारलाई आड भरोसा मिल्नुका साथै आम सर्वसाधारण एवम् उपभोक्ताहरुले समेत चरम अभाव झेल्न नपर्ने वातावरण तयार हुँदै आएको छ ।

लकडाउनको यस जटिल अवस्थामा सेवा प्रदायिकताको उत्कृष्ट नमुना पेश गर्दै कर्पोरेशनले राष्ट्र र जनहितमा आफूलाई समर्पित गर्न चक्रपथ भित्र चामल,दाल, नुन, तेल, गेडागुडी, मैदा, चिनि जस्ता खाधान्न पुर्‍याउएर बिक्री गरिरहेको छ । लगडाउनको समयमा मानिसहरु घर बाहिर निक्लदा उत्तिकै जोखिम छ ।

आम नागरिकलाई अत्यावश्यकिय खाद्यान्नको जोहो गर्नु पर्ने चिन्ता पनि उस्तै छ । यसै माझ लगडाउनको स्थितिलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार उपस्थितीलाई अझ बढाएको छ । कर्पोरेशनले आम उपभोक्ताहरुको दैनिकीलाई सहज तुल्याउने उदेश्यका साथ आफ्नो बजार उपस्थिती बढाएको हो ।

कर्पोरेशनले वितरण प्रणालीलाई अझ प्रभावकारी तुल्याउदै यस बिषम परिस्थिती माझ बिक्री कक्ष संचालन गर्नुका साथै मोबाईल भ्यान मार्फत घरदैलो सेवा, स्थानिय निकायसँगको सहकार्य, डिलरलाई नियमित आपुर्ती लगायतका रणनीतिहरू अबलम्बन गर्दै आएको छ । कर्पोरेशनले लक डाउन शुरु भएदेखि नै आम उपभोक्ताको घरदैलोमा सर्वसुलभ तवरले सहुलियत मूल्यमा नून,चिनी, चामल पिठो लगायतका अत्यावश्यक खाद्यान्न आपूर्ति गर्दै आईरहेको छ ।
उपत्यका भित्रका ग्रामीण भेगदेखि शहरका गल्ली गल्लीमा मोबाईल भ्यान मार्फत खाद्यान्न आपूर्ति गर्दै आईहेको छ । आम उपभोक्ताको सहजका लागी उपभोक्ताको माग अनुसार देनिक उपभोग्य खाद्यान्नहरु सहुलियत दरमा आपुर्ति हुने भएकोले उपभोक्ताहरुको आकर्षण र विश्वास बढेको छ ।

मोबाईल भ्यान मार्फत गरिने आपूर्तिको लागी अधिक क्षेत्रमा यस्ता मोबाईल भ्यानको ब्यबस्था गर्नु पर्नेमा आम उपभोक्ताहरुले जोड दिएको कुरा कर्पोरेशनका कर्मचारी जनार्दन ढुङ्गानाले जानकारी दिए । घरदैलो मार्फत गरिने आपूर्तिमा आफूहरुले दुरी कायम गरेर भिडभाड नगरिकन व्यबस्थित ढंगले खाद्यान्न वितरण गर्ने गरेको समेत उनले बताएका छन् ।

 

gold
kumari bank