stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लक डाउनमा बैंकको विद्युतीय कारोबारमा दोब्बर वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । लक डाउनको समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लक डाउनको दोस्रो सातामा ३५ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार फछ्र्योट भएको छ ।

जबकी पहिलो सातामा मात्रै १८ अर्ब ६० करोड बराबरको कारोबारको फछ्र्योट गरिएको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोवारको फछ्र्यौट गरिएको हो ।

क्लियरिङ हाउसले हाल एनएचसीएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस र एनपीआइ गरी ५ वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंक लगायत प्रायः सबै बैंक वित्तीय संस्था आबद्ध छन् ।

सञ्चालनमा रहेका प्रणाली मध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–इसीसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आइपीएस) मा आजदेखि लक डाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।
एनएचसीएल–इसीसीको नियमितरुपमा दिउँसो १ बजेर ३० मिनेटसम्म जम्मा गरिएका चेक र एनसीएचएल–आइपीएसमा दिउँसो १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फछ्र्यौट हुने व्यवस्था गरिएको छ ।
सो समय सीमापछि प्रणालीमा आएका कारोबार अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था रहेको छ । एनसीएचएलको कनेक्ट आइपीएसबाट भने साबिक बमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्न सकिनेछ ।  रासस
prabhu mahalaxmi
kumari