stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

काम नभएपछि भाग्न थाले मजदुर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

चितवन ।  इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा काम विहीन बस्नु परेका मजदुरहरु भाग्न थालेका हुन् ।

जिल्लामा १८ इँटा भट्टा छन् । ती भट्टामा सात हजारभन्दा बढी मजदुर काम गर्दछन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाका अनुसार लकडाउन शुरु भएसँगै धेरै मजदुर पठाइएको भए पनि अझै दुई हजार ६०० हाराहारी मजदुर भट्टामा छन् ।

पूर्वी चितवनको खैरहनीमा ९, राप्तीमा ७ र रत्ननगरमा २ वटा इँटा भट्टा रहेका छन् । तीमध्ये केही आंशिक चलेको भए पनि अधिकांश बन्द छन् । सापकोटाका अनुसार खैरहनीका भट्टामा दुई हजार, राप्तीमा २०० र रत्ननगरमा २०० मजदुर भट्टामै छन् ।

काम नहुने भट्टामा बस्ने मजदुर दिनभर त्यसै बस्नुपरेको छ । सापकोटाका अनुसार ती मजदुरलाई काम नभए पनि उद्योगीले खाने र बस्ने व्यवस्था गरिरहेका छन् । इँटा भट्टामा अस्थायी बसोबास हुन्छ । त्यहीँ बस्नुपर्ने हुन्छ । अधिकांश मजदुरले कामभन्दा अघिनै पैसा लगिसकेका हुन्छन् । यस वर्ष पानी र अहिलेको सङ्क्रमणका कारण काम हुन सकेको छैन । साहुसँग लिनुको सट्टामा उल्टो तिर्नुपर्ने भएपछि मजदुर भाग्न थालेका हुन् ।

एउटै भट्टामा ४०० हाराहारी मजदुर हुन्छन् । यहाँ रहेकामध्ये सर्लाही र रौतहटका मजदुर भाग्ने गरेका हुन् । भट्टामा रहेका रोल्पा र दाङका मजदुर भागेका छैनन् । रातिको समयमा भट्टा मालिक वरिपरि नभएको मौका पारेर उनीहरु भाग्ने गरेका हुन् । घरमा गए परिवारसँग बस्न पाउने र घरको काम हुने भएपछि मजदुर भागेका हुन् । दैनिक रातिको समयमा मजदुर भागिरहेको सापकोटाले जानकारी दिनुभयो ।

भट्टा नचलेपछि खान र बस्न पाए पनि ठेक्कामा काम गराइने हुदाँ पैसा पाउँदैनन् । बुधबार साँझ राप्ती नगरपालिका–९ को मनकामना इँटा उद्योगबाट भाग्दै गरेका ३० मजदुरलाई प्र्रहरीले फर्काएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषि मगरका अनुसार उनीहरुलाई सिमलतालबाट फर्काइएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्र्रसाद भट्टराईले मजदुरलाई खाने र बस्ने प्रबन्ध उद्योगले गर्नुपर्ने बताउनुभयो । भाग्नबाट रोक्न प्रहरीले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कामविहीन ठूलो सङ्ख्याका मजदुर बस्दा स्थानीयवासीलाई पनि समस्या भएको जनाएका छन् । उद्योगीहरुले कामविहीन मजदुर आफैँले पाल्दासमेत भाग्ने गरेको र आरोप खेप्नुपरेको भन्दै गुनासो गरेका छन् । नारायण अधिकारी

prabhu mahalaxmi
kumari bank
kumari