citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

महानगरबाट ३१ हजार १ सय ८४ जनाले राहत लिए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पादन भएका काम र राहत वितरणको अवस्थाको समीक्षा गर्दै काठमाडौं महानगरको ४४ औंं कार्यपालिका बैठक हिजो चैत २७ गते सम्पन्न भएको छ ।

बिहीबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा प्रमुख शाक्यले वडाहरुबाट प्राप्त विवरणका बारेमा जानकारी गराउँदै क्वारेन्टाइन व्यवस्थापन, निस्संक्रमणका काम, अस्थायी तरकारी बजार व्यवस्थापन, बिदेशबाट आएर काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिको स्वाब परीक्षणको योजना भइरहेको बताउनुभएको थियो ।
कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन यस अघि गरिएका नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि म सबैसँग आग्रह गर्दछु, प्रमुख शाक्यले बैठकमा आग्रह गर्नुभयो । संघ सरकार, प्रदेश सरकार, बिभिन्न मन्त्रालय र महानगरले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएको व्यवस्थालाई वडाको एउटै ढोकाबाट कार्यान्वयन गर्नुपर्छ ।
अहिले जटिल परिस्थिति छ । यसलाई मिलेर सामना गर्नुपर्छ प्रमुख शाक्यले भन्नुभयो मैले भोकै कोही नपरोस् भनेको छु । यसमा घर हुने वा नहुने, कोठामा बस्ने वा घरमा बस्ने भनेको छैन । राहत लिनेको अवस्था साँच्चै खान नसक्ने नै छ की छैन वडाले निर्णय गर्नुपर्छ । उहाँले भन्नुभयो ।
सर्वदलीय निर्णय, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरीसँगको सहकार्यमा स्थानीय क्लव तथा संघ संस्थालाई तालिकाबद्ध परिचालन गरेर राहत बाँड्नु होला । बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो  बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन् ।
बहाल दिनेले दिन नसकेपछि उनीहरुको खाने बाटो नै छुटेको छ । हामीले यतातिर पनि ध्यान पुरयाउनु पर्छ । उहाँले थप्दै भन्नुभयो । अहिले प्राप्त भएका तथ्याङ्क अद्यावधिक गरेर आउँदा दिनमा योजना तर्जुमाका लागि उपयोग गर्नुपर्छ । यो मानवीयताका आधारमा संकट व्यवस्थापन गर्ने समय हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो। अहिले महानगरको प्राथमिक काम भनेकै कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्नु हो । त्यसैले यसका लागि श्रोत र जनशक्तिको व्यवस्थापनमा ध्यान दिइनेछ ।
बैठकमा वडा ३ का अध्यक्ष दीपक केसी, ४ का अध्यक्ष मोहन विष्ट, १० का अध्यक्ष रामकुमार केसी, ११ का अध्यक्ष हीरालाल तण्डुकार, १२ का अध्यक्ष बिकास डंगोल, १३ का अध्यक्ष धुर्वनारायण मानन्धर, १४ का अध्यक्ष शोभा सापकोटा, १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल, १७ का अध्यक्ष नविन मानन्धर, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा २५ का अध्यक्ष नीलकाजी शाक्य र कार्यपालिका सदस्य हीरादेवी पोखरेलले राहत वितरण प्रगति तथा उतारचढावका बारेमा अनुभव सुनाउनुभएको थियो । राहत लिन आउनेको चाप धेरै छ ।
राहतको आवश्यकता नभएका पनि लाइनमा आउँछन् । विपन्न कतिको नागरिकता छैन । कतिपयलाई घरधनीले सिफारिस गरि दिएनन् । सुकुम्बासी बस्तीमा बहाल बस्ने पनि भेटिए ।
त्यहाँ सुकुम्बासीलाई विपन्न भनेर राहत दिने कि बहालमा बसेर दैनिकी चलाउनेलाई दिने ? घर बहाल नआउने भएपछि घर बहालमा लगाएर जीवन चलाउने पनि अवस्था बिग्रिँदै गएको छ । अब त खाद्यान्नको पनि कमी हुँदै गएको छ । कार्यपालिकाका सदस्यले सुनाएका विवरण यस्ता थिए ।
विवरण लिन जानुपर्यो । सामान दिनुपर्यो । यस प्रक्रियामा आफैं पनि सुरक्षित हुन सकिएका कि नसकिएला जोखिम छ, स्वयमसेवक परिचालन गर्दा आवश्यक पर्ने खर्चको व्यवस्थापन कसरी गर्नेरु माग अधिक छ, कसरी धान्ने ? एक थरी मानिस वडा–वडामा गएर राहत माग्न थालेका छन् । यिनीहरुको व्यवस्थापन र अभिलेखीकरण चुनौती भयो । कार्यपालिका सदस्यहरुको भनाइ बैठकमा रहेको थियो । महानगरको बैठकले सडक निर्माण सामाग्रीको दररेटलाई सडक बिभागको दररेटसँग समान बनाएको छ । यस अघि महानगर र सडक बिभागको दररेट फरक–फरक थियो । एउटै ठाउँमा निर्माण हुने सडकका लागि आवश्यक सामाग्रीका दर रेट फरक हुँदा गुणस्तर र प्रतिस्पर्धामा समस्या भएकोले महानगरले सडक बिभागको दर रेटलाई स्वीकार गरेको प्रमुख शाक्यले जानकारी दिनुभएको छ ।
काठमाडौं महानगरले गत बुधरबार सम्ममा आन्तरिक स्रोतबाट वडा मार्फत २४ हजार ३१९ जनालाई र वाह्य श्रोतबाट ६ हजार ८६५ गरी ३१ हजार १८४ जनालार्ई राहत वितरण गरि सकेको छ ।
प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार यस अवधिमा ३७ हजार ७९० जनाले राहत लिनका लागि वडा कार्यालयहरुमा विवरण बुझाइ सकेका छन् ।
gold
himalayan life insurance long ad
kumari bank