stcnepal long ad
ime life insurance
national life
global ime bank long

 जेठ ३० गते नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले जेठ ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, अधिकृत पुँजी २ अर्ब रुपैयाँबाबट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

यता, सभा मार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २/२ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि रहेको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि नेपाल इन्सुरेन्सले जेठ १७ गतेदेखि बुक क्लोज गर्नेछ । तसर्थ, जेठ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्सुरेन्सले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा छ ।

IME Lifesidebar
kumari