फ्रान्कफुर्टलाई युरोपा लिगको उपाधि
एजेन्सी। इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउदै जर्मन क्लब फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय (१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो ।
फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १–१ गोलको बराबरीमा ल्याए ।





















