stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताएको छ। इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको जनाएको छ।

उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाएको छ।

यसैबिच, नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ।

त्यसैगरी, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धि सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधि अनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari