साल्ट ट्रेडिङको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कर्पोरेसनको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
कर्पोरेसनले आगामी चैत ३० गते वार्षिक साधारण बोलाएको छ । सभामा १० प्रतिशत बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश पनि वितरण गर्दैछ । सभा प्रयोजनको लागि कम्पनीले आज चैत १५ गतेदेखि बुक क्लोज गरेको छ ।























