citizens life insurance long ad
stcnepal long ad

 प्रोग्रेसिभ फाइनान्सको साधारण सभा चैत १६ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको साधारण सभा बुधबार चैत १६ गते बस्ने भएको छ । साधारण सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

तथापि, सभा प्रयोजनका लागि प्रोग्रेसिभले बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । यसबाहेक आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ ।

IME Life
kumari