stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ गभर्नर नियुक्तिका लागि बन्यो सिफारिस समिति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर चयनका लागि सिफारिस समिति बनाएको हो । समितिमा अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सहितको ३ सदस्य समिति गठन गरिएको हो ।
निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल गत चैत ५ गते सकिएको हो । नेपाल राष्ट्र बैंकमा चैत ५ गतेबाट गभर्नर पद खाली रहेको छ । हाल केन्द्रीय बैंक कै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिइएको छ । सामान्यतयः सरकारले बाहलवाला गभर्नरको कार्यकाल सकिनु अघि नै नयाँ गभर्नर नियुक्त गरिसक्ने चलन भए पनि यसपटक त्यसो हुन सकेन ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले गभर्नर नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको हो । अब गभर्नरको आकांक्षीहरुको आवेदन माग हुनेछ । त्यसमध्येबाट समितिले मन्त्रिपरिषदले ३ जनाको नाम सिफारिस गर्नेछ ।

समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट २ जना छान्नुपर्छ ।

कम्तीमा एक जना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । ती तीनै जनाको नाममध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ ।
prabhu mahalaxmi
kumari