stcnepal long ad
global ime bank long

२१ वटा ग्यासका गाडी उपत्यका छिरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ ।  लकडाउनको सातौं दिनको नागढुङ्गा नाकाबाट १६ गते बेलुका ६ बजेदेखी आज १७ बिहान गते ७ बजेसम्म ग्यास गाडी २१ वटा (जम्मा ११८९८ सिलिन्डर), ग्यास बुलेट ७ वटा, पेट्रोलका ९ वटा, चामल बोकेका ११ वटा, औषधि ३ वटा, फलफुल २ वटा, दुध २९ वटा, अक्सिजन ५, तरकारी २२, अण्डा ७, डिजेल १ वटा गाडी सहित आवश्यक सामाग्री बोक्ने करिब १९० वटा जति गाडी नागढुगा नाकाबाट उपत्यका भित्रीएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैगरी कलंकी , स्वयम्भू, लाजिम्पाट, लैनचौर , चुच्चेपाटी, टुसाल, बौद्ध, पिपलबोट बौद्ध , जोरपाटी, नारायणटार, बसुन्धारा, टोखा, कोटेश्वर, तिनकुने, किर्तिपुर नगरपालीका, दक्षिणकाली नगरपालिका, असन, भोटाहिटी, महाबौद्ध, न्युरोड लगायतका एरियामा जनजीवन सामान्य रहेको समाचार छ ।

बिहान दुई घन्टा सबैजसो किराना तथा तरकारी पसल खुल्ला रहेको छ। अत्यावश्यक सवारी साधनहरु तथा पास भएका साधनहरु गुडिरहेकाछन् ।

प्रहरीले सर्बसाधारणलाई बाहिर ननिस्किन आग्रह गर्ने गरेको भएपनि किनमेल गर्नेको भिड अघिल्लो दिनहरुमा भन्दा बिस्तारै बढ्दै गएको देखिन्छ। अधिकांश निजी अस्पतालहरुले बिरामी हेर्दै नहेर्ने वीर अस्पताल र त्रिबी शिक्षण अस्पताल जान आग्रह गर्ने गरेका छन।

कतिपय मेडिकलहरुमा विभिन्न औषधिको समेत अभाव देखिएको छ। दक्षिणकाली नगरपालिका क्षेत्रका मुख्य ठाँउका पसल तथा सडकहरुमा आवतजावत लापरबाही तरिकाले बढिरहेको छ। लकडाउन पश्चात् काठमाडौं जिल्लाका अधिकांश ठाउँहरुमा फोहोर मैला ब्यवस्थापनको लागि कुनै ठोस कदम नचालिएको देखिएको छ।

IME Lifesidebar
kumari