stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय मिलि ग्राम, नगद १ लाख १२ हजार ९ सय ४५ रुपैयाँ र  डिजिटल तराजु १ थान सहित सोही ठाउँ शारदा महतरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खाजा पसलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पसलमा बसिरहेकी उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धान गर्ने क्रममा बीरेन्द्रनगर नगरपालिका-९ बस्ने  बिकाश मानन्धर र बीरेन्द्रनगर नगरपालिका-३ बस्ने सुनिल थारुलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

prabhu mahalaxmi
kumari