stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकमा ८ जना उपनिर्देशकको निर्देशकमा बढुवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कर्मचारीको विरोध र कालो ब्यानरपछि रिक्त रहेको ८ निर्देशक पदमा अन्ततः ८ जना उपनिर्देशकहरूको बढुवा गरेका छन् ।

राष्ट्र बैंकको ७१ ओैं वार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरूले गभर्नरको विदेश भ्रमणमुखी कार्यशैली र बढुवामा ढिलासुस्ती गरेकोप्रति आक्रोश पोख्दै कार्यक्रम नै बहिष्कार गरेपछि दबाबमा परेका गभर्नर डा.पौडेलले ८ जना उपनिर्देशकलाई सहसचिव स्तरको निर्देशक पदमा बढुवा गरेका थिए ।

गभर्नर डा.पौडेल अमेरिका भ्रमणबाट फर्केलगत्तै गत बैशाख १४ गते बैंकको ७१ औं वार्षिकोत्सवमा कर्मचारी संघका पदाधिकारीहरूले मूल ढोकामै कालो ब्यानर झुण्ड्याएर उनको गैरजिम्मेवार व्यवहार विरुद्ध नाराबाजी गरेका थिए ।

सोही विरोधको भोलिपल्टै बैशाख १५ गते बैंकको मानव संसाधन व्यवस्थापन विभागले उपनिर्देशकहरू सम्झना ढकाल, नविना ढकाल, संजीव कुमार झा, सुमन नेउपाने, पुष्पा अधिकारी, मोहन पुडासैनी, कमल प्रकाश कालाथोकी र शिखा अधिकारी (रेग्मी) लाई निर्देशक पदमा बढुवा गरेको सूचना जारी गरेको थियो ।

आफ्नो आलोचना लुकाउन गभर्नर डा. पौडेलले वार्षिकोत्सब कार्यक्रममा निजीस्तरका मिडियालाई प्रवेश निशेध गरि सरकारी मिडियालाई मात्र बोलाइएको थियो। गभर्नरको यस्तो कदमलाई बैंकभित्रै अनुदार र अधिनायकवादी शैली भन्दै आलोचना भइरहेको छ ।

बैंकमा रिक्त रहेको निर्देशक पदमा लामो समयदेखि बढुवा रोकेर कर्मचारीलाई बिचल्ली पारेको आरोप गभर्नर डा। पौडेललाई लगाउदै कर्मचारीहरू आक्रोशित हुँदै आएका थिए।

गत माघ गतेदेखि फागुन २१ गतेसम्म निर्वाचन आचारसंहिता र पदाधिकारीको विदेश भ्रमणका कारण बढुवा रोकिदै आएकोमा वार्षिकोत्सबमा कालो ब्यानर प्रदर्शनपछि मात्र बढुवा प्रकृया अगाडि बढाइएको थियो।

निर्देशकको बढुवापछि अब एक डेपुटी गभर्नर,दुई कार्यकारी निर्देशक,८ जना उपनिर्देशक,८ जना सहायक निर्देशकहरूको पनि तुरुन्तै बढुवा हुनुपर्ने कर्मचारीको माग गर्दै आएका छन।

prabhu mahalaxmi
kumari