stcnepal long ad
global ime bank long

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ ।

कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डा. राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, ब्यबसायी तथा समाज सेवी रामशरन बस्नेत लगाएत सम्मानित भए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । उनले परिवर्तनका लागि निरन्तर खोज, अनुसन्धान र निरन्तर सिकाइ नै महत्वपूर्ण हुने बताएका छन् ।

अवार्ड आयोजना गरेको अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले सफल व्यक्तित्वहरुबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखेकी छिन् ।

 

IME Lifesidebar
kumari