हिउँ खेल्न चन्द्रागिरि,फुलचोकी र ककनीमा पर्यटकको लर्को
काठमाडौं । काठमाडौंको चन्द्रागिरि, फुलचोकी र ककनी डाडामा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ ।
मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।
काठमाडौंको चन्द्रागिरि केवलकार चढेर चन्द्रगिरि भालेश्वर महादेवमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिका सहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् । यसैगरि फुलचोकी डाडा र ककनीमा पनि हिउँ खेल्न आन्तरिक पर्यटकहरू गएका छन।























