प्रहरी आधुनिकीकरण योजना गृहमा पेश
काठमाडौं । नेपाल प्रहरीलाई विश्व प्रहरी सामू प्रतिस्पर्धी र विश्वासिलो बनाउन प्रहरी प्रधान कार्यालयले आधुनिकीकरण योजना बनाएको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीलाई आधुनिकीकरण र साधन स्रोत सम्पन्न बनाउन ‘नेपाल प्रहरी आधुनिकीकरण योजना २०७८’ गृह मन्त्रालयमा पेस गरेको छ ।
अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई आवश्यक आधुनिक उपकरण, तालिम, जनशक्ति, प्रविधिको उपयोग, र खरिद तथा प्रयोग लगायतका विषय समेटिएको सो योजना पेश भएको स्रोतले बताएको छ।
प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले आधुनिकीकरण योजना कार्यान्वयनका लागि मन्त्रालयमा पेश गरिएको जानकारी दिएका छन् । यसैगरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले संगठनको दूरगामी लक्ष्यसहित आधुनिकीकरण अवधारणा पेश गर्न अतिरिक्त महानिरीक्षक (एआइजी) प्रधुम्न कार्कीको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिएको छ।
समितिको सिफारिसका आधारमा आधुनिकीकरण अवधारणा ल्याइने प्रहरी प्रवक्ता कुँवरको दावी गरेका छन् । यस्तै प्रधान कार्यालयले ‘प्रहरीमा युवा आकर्षण’ र विश्वसनीयतासम्बन्धी अध्ययन गर्न पनि फिल्डमा केन्द्रबाट टोली खटाइएको जनाएको छ ।
टोलीले दिने रिपोर्टका आधारमा संगठनले आवश्यक कार्ययोजना र नीति तर्जुमा गर्ने प्रहरी प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।
प्रहरी सहचारी खटाउन प्रस्ताव
नेपाल प्रहरीले नेपाली कार्यरत रहेका विभिन्न देशमा प्रहरी सहचारी खटाउन प्रस्ताव गरेको एकदशक हुँदा पनि सरकारले कुनै सुनुवाई गरेको छैन । प्रहरी प्रधान कार्यालयले फेरी सो प्रस्तावलाई अघि बढाएको छ ।
तात्कालिक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै समयमा यो प्रस्ताव गरिएको थियो तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
प्रहरी प्रधान कार्यालयले गत सोमबार गरेको पत्रकार सम्मेलनमा अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी कन्सुलर राख्न नेपाल प्रहरीले पुनः प्रस्ताव गरेको जनाएको छ ।
मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई) मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताएका छन् ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा पनि प्रहरी सहचारी खटाउन प्रस्ताव गरिएको छ । एसएसपीलाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरीले सहचारी खटाउने प्रस्ताव गरेको छ।
एसपीसहित ११ सय प्रहरी कारवाहीमा
नेपाल प्रहरीको नियमावली उल्लंघन गर्ने तथा आर्थिक कारोवारमा समेत मुछिएका १ हजार १ सय प्रहरी कर्मचारीहरु कारवाहीमा परेको नेपाल प्रहरीले जनाएको छ ।
संगठनभित्रै महिला हिंसामा संलग्न रहेको तथा अन्य आचारसहिंता उल्लंघन गरेको आरोपमा एसपीसहित उक्त संख्यामा प्रहरी कारवाहीमा परेका हुन् ।
नेपाल प्रहरीले पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७८र७९ को साउन महिनादेखि मंसिर मसान्तसम्म १ हजार १ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका हुन् । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन ।
प्रहरी निरीक्षकदेखि एसपीसम्मका १९ जना अधिकारीहरु कारवाहीमा परेका छन् । तर प्रहरी प्रधान कार्यालयले उनीहरुलाई ठूलो कारवाही भने गरेको छैन । एसएसपी कुँवरका अनुसार कारवाहीमा पर्ने एसपी ३ जना, डीएसपी ४ जना र इन्स्पेक्टरको संख्या १२ जना रहेको छन् ।
प्रवक्ता एसएसपी कुँवरले दिएको जानकारी अनुसार प्रहरी नायव निरीक्षक (सई) ४६ जना, प्रहरी सहायक निरीक्षक (असई) ८६ जना, हवल्दार ३०५ जना, जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना गरी जम्मा १ हजार १ सय ४५ प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही गरिएको छ ।
उनीहरुले प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले कारवाही गरिएको छ’, एसएसपी कुँवरले भने । प्रहरी नियमावली विपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको उनको भनाई छ ।
कुवँरका अनुसार १ हजार ९ सय ८० प्रहरीलाई पुरस्कार समेत दिइएको छ । उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पाउनेमा १ डीआईजी, ६ एसएसपी, २१ एसपी, ७७ डीएसपी, १६४ इन्स्पेक्टर छन् । त्यस्तै, २६४ सई, २८८ असई, ४४१ हवल्दार, ७३३ जवान र ३ कार्यालय सहयोगीलाई पुरस्कार दिइएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९ सय ४४ जनाले प्रहरी नियमावली विपरित कार्य गरेको भन्दै सजाय पाएका थिए । पुरस्कार पाउनेको संख्या १७।१६ प्रतिशतले बढेको छ भने सजाय हुनेको संख्या २१।२९ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ
प्रहरी कार्यालयमा बैकिङ कसुरका मुद्धाको चाङ
हत्या, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा कमी आउँदा बैंकिङ कसुरका घटना भने डरलाग्दो गरी बढेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७८र७९ को पाँच महिने प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी कुँवरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जघन्य प्रकृतिका घटनाहरु (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग) बढेका छन् ।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा कर्तव्य ज्यानको मुद्दा १५.१७ प्रतिशतले घटेको छ । ज्यान मार्ने उद्योगको घटना पनि ३.९२ र आत्महत्या ११.१६ प्रतिशतले घटेको छ । तर, चोरी, ठगी, आपराधिक विश्वास घात, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर र बैंकिङ कसुरको घटना बढेको छ । आर्थिक वर्ष ०७८/७९ मा अनुसन्धान गरेको आर्थिक अपराध सम्बन्धीका विभिन्न मुद्दाहरू छ ।























