stcnepal long ad
global ime bank long

नबिल बैंकद्वारा पुस ३० गते ३७ औँ वार्षिक साधारण सभा आह्वान, पुस १६ गते बुक क्लोज 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि बैंकहरुमा सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंक लि. ले आफ्नो ३७ औँ वार्षिक साधारण सभा आह्वान गरेको जनाएको छ।

बैंक सञ्चालक समितिको  पुस ८ गते बिहीबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको दरबारमार्गस्थित नबिल सेन्टरमा बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश छन्। सोही सभाले अधिकृत पुँजी वृद्धि गरी १९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Lifesidebar
kumari