stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस ३० गते, पुस १८ गते बुक क्लोज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुस ३० गते सिद्धार्थ बैंकको वार्षिक साधारण सभा बस्ने भएको छ । १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा सभामा बैंकले पेश गर्नेछ ।

साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।

सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काडठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न बैंकले पुस १८ गते एकदिन बुक क्लोज गर्नेछ । पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

IME Lifesidebar
kumari