पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले लाभांश वितरण सहित वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले असोज १६ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा बिहान ११ बजे २७औँ वार्षिक साधारणसभा बोलाएको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।
यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट, सञ्चालक समितिका सदस्यको भत्ता, प्रबन्ध निर्देशकको पारिश्रमिक तथा अन्य सञ्चालकको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । साधारण सभाले नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयनसमेत गर्नेछ ।























