stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रोग्रेसिभ फाइनान्सले ७.३६ प्रतिशत लाभांश दिने घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले गत आर्थिक वर्षमा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशतले हुन आउने ५ करोड ८९ लाख ५४ हजार ७३६।८४ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ५ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७३६.८४ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari