stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एकैदिन बैंकहरुको निक्षेप रु. ४ अर्ब र कर्जा लगानी रु. ६ अर्बले घट्यो, सीडी रेसियो ९१.२४ प्रतिशत

गत मंसिर २८ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा गत मंसिर २९ गते घटेर ४५ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन फेरि ४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत मंसिर २९ गते एकै दिन ४ अर्ब रुपैयाँले घटेको छ।

योसँगै कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो।

यो एक दिनमा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ। गत मंसिर २८ गतेसम्म कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा मंसिर २९ गते ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत मंसिर २८ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा गत मंसिर २९ गते घटेर ४५ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी गत मंसिर २९ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ। योसँगै कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत मंसिर २८ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार गत मंसिर २९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ९१.२४ प्रतिशतमा झरेको छ। गत मंसिर २८ गतेसम्म औसत सीडी रेसियो ९१.२६ प्रतिशत रहेको थियो। अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत रहेको छ।

prabhu mahalaxmi
kumari