छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनले हिजो पुस १ गते छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक लि.लाई हकप्रद निष्कासनको अनुमति दिएको बताइएको छ।
सेबोनको अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्ने भएको छ।
यो कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ अनुपातमा ३० करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्नेछ। बैंकले १०० अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ। बैंकको यो हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको जनाएको छ।
























