stcnepal long ad
ime life insurance
national life
global ime bank long

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेको जनाइएको छ । भ्रमणमा उहाँले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट–वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारत तथा म्यान्मा सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेट– वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारतको विदेश मन्त्रालयले ह्लाइङलको भ्रमणको जानकारी उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ भने प्रवक्ता रणधीर जयस्वालले भारतको पूर्वी राज्य बिहारमा ह्लाइङलाइ स्वागत गरेको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्नु भएको छ ।

राष्ट्रपति मिन आङ ह्लाइङले बौद्ध तीर्थ–स्थल बोधगयाको भ्रमण बाट आफ्नो यात्रा सुरु गर्ने जनाइएको छ । जहाँ भगवान गौतम बुद्धले बद्धत्व प्राप्त गर्नु भएको थियो ।

भ्रमणले बलियो आध्यात्मिक, ऐतिहासिक र जनता–जनताबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै जयस्वालले दुई देशहरू बीच चलिरहेको सहयोगलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ ।

उहाँले आगामी सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । भेटवार्तामा दुवै नेताहरुले दुइ मुलुक बीचको सम्बन्धलाई कसरी अझ बलियो बनाउने भन्ने बारे छलफल गर्ने जयस्वालले नयाँ दिल्लीमा आयोजित पत्रकारहरूसँगको साक्षातकारमा बताउनु भएको छ ।

दुई देशले कसरी आफ्नो आर्थिक सम्बन्धलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्ने योजना तयार भएको जनाइएको छ । मिन आङ ह्लाइङले गत अप्रिलमा म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिनु भएको थियो भने संसदीय अधिकारीहरूका अनुसार उहाँको शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्रहरू चीन, भारत र थाइल्यान्डका साथै अन्य २० देशका प्रतिनिधिहरू उपस्थित थिए ।

IME Lifesidebar
kumari