बैंकहरुको कर्जा लगानी बढ्यो, निक्षेपको अवस्था ४७ खर्ब ९२ अर्ब
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर २७ गतेसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार दुई दिनदेखि स्थिर देखिएको छ। कर्जा लगानी भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर २७ गतेसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ।
गत गत मंसिर २४ गते शुक्रबार र गत मंसिर २६ गते आइतबार सम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ नै रहेको थियो। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।
गत मंसिर २६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एकैदिन बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि २ दिनदेखि स्थिर नै रहेको छ ।
गत मंसिर २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ थियो। मंसिर २७ गतेसम्म पनि कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको छ। गत मंसिर २४ गते पनि बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने गत मंसिर २७ गते ३ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । गत मंसिर २६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।
बैंकहरुको औसत सीडी रेसियो भने गत मंसिर २७ गते बढेर ९१.३२ प्रतिशत पुगेको छ। गत मंसिर २६ गतेसम्म औसत सीडी रेसियो ९१.२६ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशत पुगेको बताइएको छ।





















