citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा तेहेरो अंकको उछाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा आज मंगलबार हरियाली छाएको छ। पछिल्लो २ कारोबारमा भारी अंकले घटेको बजार खुलेको साढे दुई घन्टा नबित्दै ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै बन्द भएको छ।

बजार आज १३७.१८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४१८.८५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २२.७२ अंकले बढेर ४६०.३१ को विन्दुमा पुगेको छ। कारोबार भने पौने २ अर्ब बढीको भएको छ।

लगानीकर्ताहरू बजार धेरै घटेकोले आज बढेको बताउँछन्। बजार २–३ दिनअघिबाटै फर्किनुपर्ने थियो तर लगानीकर्ता आत्तिँदा बजार यो साता सुरुआती कारोबारहरुमै भारी अंकले घट्यो। बजार यहाँभन्दा तल जाने ठाउँ थिएन, त्यसैले आज बजार फर्कियो।

बजार घट्नुपर्ने खास कारण नै रहेको छैन। हिजोअस्ति बजार घट्नुपर्ने कारण थिएन। अब बजार करेक्सनहुँदै माथि नै जाने देखिन्छ। राम्रा कम्पनीमा लगानी गर्न डराउन पर्दैन।

ब्याजदर बढ्ने सम्भावना छैन, तरलता पनि सहज हुँदै जानेछ। सेयर बजारको भविष्य उज्ज्वल नै देखिन्छ। सक्रिय लगानीकर्ता भन्छन( बजार तलमाथि भइरहने हुनाले लगानीकर्ताहरू आत्तिन हुँदैन। यस्तो बेला लगानीकर्ताले धैर्यता राख्नुपर्छ।

आज बजार धेरै घटेपछि बढेको छ। यो बढाइ स्वाभाविक हो। बजार यहाँभन्दा तल जाने सम्भावना छैन। राम्रा कम्पनी उठाउने अवसर पनि सिर्जना भएको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

आज विकास बैंक समूह सर्वाधिक ९.२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ८.६२ प्रतिशतले बढेको छ। आज जलविद्युतमा ७.८४ प्रतिशत, बैंकिङ समूहमा ४.२९ प्रतिशत, व्यापार समूहमा ८.०१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ६.१७ प्रतिशत, निर्जीवन बीमा समूहमा ६.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.७४ प्रतिशत, अन्य समूहमा ७.२३ प्रतिशत, लघुवित्त समूहमा ६.५८ प्रतिशत, जीवन बीमा समूहमा ५.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६८ प्रतिशत र लगानी समूहमा ८ प्रतिशतको बढोत्तरी भएको छ।

आज धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ४० लाख ८५ हजार ९५६ कित्ता सेयर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँमा किनबेच भएका छन्। नबिल बैंकको सर्वाधिक ९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोपावरको ७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज आईसीएफसी फाइनान्सको ५ करोड ६ लाख रुपैयाँ, अपी पावरको ४ करोड ६१ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ५९ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ५५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४ करोड ४१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ४ करोड ४० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २४ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ४ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज ६० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। तीमध्ये ४३ वटा कम्पनीको सेयरभाउ १० प्रतिशत तथा १७ वटाको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

IME Life
kumari