citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकका कार्डबाहकलाई स्पर्श मल्टी स्पेसालिटी हस्पिटलमा विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकहरुले वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंक र हस्पिटलबीच बैंकका कार्डबाहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले स्र्पश मल्टी स्पेसालिटि हस्पिटलको सेवासुविधामा विशेष छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ। हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

कोरोना महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकका वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ।

यसका साथै कोभिडको त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको छ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएकाे छ।

IME Life
kumari