stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खानेपानी मन्त्री चौधरीबाट मेलम्ची खानेपानी स्थलको निरीक्षण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त वाँध र सुरुङको मर्मत तथा निर्माणको लागि तत्काल विगतकै अस्थायी संरचनाबाटै काठमाडौंबासीले खानेपानी पठाउने बताएका छन्।

मन्त्रालयका सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख र प्राविधिकसहित गत कार्तिक २२ गते सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानपानी आयोजनाको क्षतिग्रस्त प्रमुख बाँध स्थल र सुरुङको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै तत्काल अस्थायी संरचनाको मर्मत र निर्माण गर्न भनेका छन्।

अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ र बाँधको स्थलगत निरिक्षणका पछि संचारकर्मीहरुसँग बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउनको लागि गत असार १ गते अघि केही समय प्रयोग भएको अस्थायी वाँध र सुरुङको पहिलो चरणमा प्राथमिकताको आधारमा मर्मत गरी संचालन गर्ने बताएका छन् ।

मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनालाई अस्थायी र स्थायी गरी दुई चरणमा भौतिक संरचनाको निर्माण गर्नु पर्ने बताउदै स्थायीरुपमा पानी सुरुङमा पथान्तरण गर्न पहिरो नियन्त्रण, स्थायी बाँधको संरचना निर्माण र मर्मत, बाँधस्थलको उत्तरतर्फको मेलम्ची खोला उदगमस्थल नजिक रहेको भेमाथानमा रहेको भुक्षय नियन्त्रणको कार्य अनिबार्य रहेको बताएका छन्।

स्थलगत निरीक्षणको क्रममा अम्बाथान पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई मेलम्ची खोलाले क्षतिग्रस्त बनाएको ग्याल्थुमदेखि आयोजना बाँधस्थलसम्मको क्षतिग्रस्त करिव १४ किलोमिटर बाटो गाउँपालिकाकै स्रोतबाट बाटो निर्माण गरेकोमा धन्यबाद दिएका थिए ।

सो अवसरमा मन्त्री चौधरीले गाउँपालिकाका अध्यक्ष, आयोजना निर्माण गर्ने चाईनिज ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयसँग क्षति र आयोजनाको निर्माणको विषयमा छलफल गरेका थिए।

prabhu mahalaxmi
kumari