सिटिजन्स बैंकको चाडपर्व लक्षित सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टेरनेसनलले चाडपर्वलाई लक्षित गरी सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। बैंकले तिहार र छठ पर्वका अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको हो।
भिडियोमा तिहार, नेपाल संवत र छठ पर्वका विशेषताहरुको वर्णन गरिएको छ । तिहारका हरेक दिन कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गोबर्द्धन पूजा, नेपाल संवत, म्हपूजा र भाइटीकाको महत्व र विशेषबारे भिडियोमा रोचक तथा सन्देशपूर्ण तरिकाले प्रस्तुत गरिएको छ।
छठमा अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य दिएर परिवारको सुख–शान्ति र प्रगति गरिने प्रचलनलाई निकै रोचकताका साथ प्रस्तुत गरिएको छ।
भिडियोको अन्त्यतिर सबै चाड नेपालीको चाड रहेकोले सदभाव र समभावका साथ मनाउन आग्रह गरिएको छ। यी चाडपर्वहरु सबैले एकअर्काप्रति सदासयता राखेर मनाउँदा सबैको भलो र प्रगति हुने पनि भिडियोमार्फत सन्देश प्रवाह गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लि।ले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।