citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा र गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ६६ करोड ४१ लाख ५६ हजार ११४.९६ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ६.६५ प्रतिशतले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख ७ हजार ८०५.७५ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

himalayan life insurance
igi long