stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंकद्वारा नोट छपाइका लागि १० विदेशी कम्पनी छनोट

सन् २०२१ को जुलाई २२ मा गरिएको सार्वजनिक खरिद बोल कबोल मार्फत १० विदेशी कम्पनी छनोटमा परेको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनी छनोट गरेको छ । यस अघि सन् २०२१ को जुलाई २२ मा गरिएको सार्वजनिक खरिद बोल कबोल मार्फत १० विदेशी कम्पनी छनोटमा परेको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एन्ड मेटेनिङ कर्पोरेशन, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड बेलायत, गिसेक्ट प्लस डिभ्रेन्ट करेन्सी टेक्नोलोजी जर्मनी, ज्वाइन्ट स्टक कम्पनी गोजांक रुस छनोटमा परेका छन् ।

यस्तै कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्विजरल्यान्ड र सेक्युरिटी प्रिन्टिङ एन्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड छनोटमा परेका राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari