stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नौ महिनामा पौने बयालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार नौ महिनामा नियमित माध्यमबाट १८९ परियोजनामार्फत ३७ अर्ब ६९ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा स्वचालित माध्यममार्फत ४२६ परियोजनामार्फत चार अर्ब नौ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

नौ महिनामा सो अवधिमा कृषिक्षेत्रका १६ परियोजनामा २२ अर्ब ८८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटनमूलक १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख, सेवामूलक ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै सूचना प्रविधिमूलक ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख, खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख, ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पूर्वाधारमूलक परियोजनामा शून्य लगानी रहेको छ । चैतसम्म गरिएको लगानी प्रतिबद्धताले २२ हजार तीन सयले रोजगारी पाउने अनुमान गरिएको छ ।

prabhu mahalaxmi
kumari